नागरिक पेन्सन योजना विस्तारमा जोड


  • Himalayan Bank Limited (HBL)
नागरिक पेन्सन योजना विस्तारमा जोड

काठमाडौँ, असोज ६ गते । नागरिक लगानी कोषले प्रदान गरिरहेको विभिन्न सामाजिक सुरक्षाका योजनाबारे पोखरामा सरोकारवालाबिच शुक्रबार छलफल गरिएको छ । छलफलमा सहभागीले कोषले प्रत्याभूत सामाजिक सुरक्षाका कारण आबद्ध व्यक्ति तानवरहित हुने गरेको भन्दै यसलाई निजी क्षेत्रमा समेत विस्तार गर्ने अवसर रहेको औँल्याइएको छ ।

कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिन आमनागरिक, निजी क्षेत्र, सङ्गठित क्षेत्रमा कार्यरत सबै व्यक्ति कोषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गर्नुभयो ।

Read More