कवि हेम प्रभासको कविता सङ्ग्रह 'साँझमा सेल्फी' को भव्य लोकार्पण


  • Himalayan Bank Limited (HBL)
कवि हेम प्रभासको कविता सङ्ग्रह 'साँझमा सेल्फी' को भव्य लोकार्पण

काठमाडौँ — कवि तथा उपन्यासकार हेम प्रभासको कविता सङ्ग्रह 'साँझमा सेल्फी' लोकार्पण गरिएको छ। शनिबार आयोजित कार्यक्रममा मदन पुरस्कार विजेता कवि नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल र कवि हेम प्रभासले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।

कार्यक्रममा कवि नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेम प्रभासलाई कृतिको सफलताको शुभकामना दिए। उनले सबै कविताहरू उत्कृष्ट रहेको र पुस्तकले सबै पाठकलाई लाभदायक सिद्ध हुने विश्वास व्यक्त गरे।

कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कविता लेखनमा सक्रिय रहेको र ‘साँझमा सेल्फी’ विगत एक दशकमा लेखिएका नयाँ कविताहरूको सङ्ग्रह भएको बताए।

कार्यक्रममा कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी र शंकर तिवारीले कविता वाचन गरेका थिए। साथै, कलाकार सरोज खनालले सङ्ग्रहमा रहेको एक कवितालाई नाटकीय रूपमा प्रस्तुत गरेका थिए। कवि श्रवण मुकारुङले पनि कविता उत्कृष्ट रहेको बताउँदै यस कृतिबाट धेरै आशा रहेको उल्लेख गरे।