साल्टको १२ सय टन मल सुक्खा बन्दरगाहमै कुहियो


  • Himalayan Bank Limited (HBL)
साल्टको १२ सय टन मल सुक्खा बन्दरगाहमै कुहियो

पर्सा — चार वर्षअघि सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको साल्ट ट्रेडिङ कर्पोरेसनको भिजेको मल अन्ततः कुहेर नष्ट भएको छ । साल्टको १२ सय २५ टन डिएपी मल बन्दरगाहको दक्षिण भागमा कुहिएर काम नलाग्ने भएको हो । 

सप्लायर्स कम्पनी स्विस सिंगापुर ओभरसिजले जोर्डनबाट खरिद गरी ल्याएको मल सुरुमा भारतको कोलकाता बन्दरगाह आएको थियो । समुद्रीमार्गमै रहँदा उक्त मल बोकेको पानीजहाज सन् २०२० अगस्ट दोस्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुद्री आँधीको चपेटमा परेको थियो । जहाजमै रहँदा उक्त मलमा पानी पसेर भिजेको थियो । सप्लायरले भिजेकै मल कोलकाताबाट वीरगन्जसम्म ल्याएपछि त्यतिबेला सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास गर्न मानेको थिएन ।

Read More