सहकारी छानबिन प्रतिवेदन : जीबी राईको यात्रा- गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी


  • Himalayan Bank Limited (HBL)
सहकारी छानबिन प्रतिवेदन : जीबी राईको यात्रा- गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त रिपोर्टले सहकारीका बेथितीहरूमाथि विस्तृत विश्लेषण गरेको छ ।

त्यसमध्ये गोर्खा मिडिया र सहकारीको एउटा प्रसँग यस्तो छ :

नेटवर्किङ्ग व्यवसायसँग जोडिएको सहकारी ठगी

गितेन्द्रबाबु (जीबी) राई र उँनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको रिपोर्टहरू सार्वजनिक भएका छन् । राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्वो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए। तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका छन्।'

Read More