३ असोज, काठमाडौं । अधिक तरलता दबाबमा रहेका बैंकहरू तरलता व्यवस्थापन गर्न नसक्दा ऋण खोसाखोस गर्ने अवस्थामा पुगेका छन् ।
दुई वर्षयता लगातार अधिक तरलता चापमा रहेका बैंकले आफ्नो कोष कि त न्यून ब्याजदरमा राष्ट्र बैंकमा राख्नुपरेको छ, कि बैंकमै प्रयोगविहीन भएर बस्ने अवस्था छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६७ खर्ब ८ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।



