नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब रूपैयाँमाथि पुगेको छ।
गत आर्थिक वर्षको अन्तिमसम्म २४ खर्ब ३३ अर्ब रूपैयाँ रहेको ऋण साउन मसान्तसम्ममा २४ खर्ब ७२ अर्ब रूपैयाँ थियो। भदौ मसान्तसम्म २५ अर्ब २८ अर्ब ६० करोड रूपैयाँ पुगेको हो।
सरकारले आफ्नो लक्ष्य अनुसारको खर्च जुटाउनको लागि सार्वजनिक ऋण उठाउने गर्छ। पछिल्लो दशक अत्यधिक मात्रामा सार्वजनिक ऋण बढेको छ।



