काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ । थोक व्यवसायीहरूले सामान आयात बढाएका छन् भने स्वदेशी वस्तुको उत्पादन पनि जोड दिइएको छ ।
तर, यस वर्षको चाडबाड थोरै महँगो हुने व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले यो वर्ष आयात गर्दा नै हरेक सामान ५–१० प्रतिशत सम्म महँगो भएर आएको बताएका छन् । नेपाल कपडा उद्योग संघका महासचिव उमेश लाखेले भने, ‘आयात गर्दा नै सामान्य साडीको १०० रुपैयाँ बढेको छ । यसले खुद्रा बजारमा कम्तीमा ५ प्रतिशत मूल्य बढी हुन सक्छ ।’



