काठमाडौं : जापानले यस हप्ता ‘वृद्धहरुको सम्मान दिवस’ मनाएको छ । जसले देशमा वृद्ध नागरिकहरुको संख्या बढ्दै गएको तथ्यकले देखाएको छ । यो दिवस अघि सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा ६५ वर्ष र सो भन्दा माथिका नागरिकहरुको संख्या ३ करोड ६२ लाख पुगेको सीएनबीसीले जनाएको छ । जुन अहिलेसम्मकै उच्च हो ।
यद्दपि, देशको कुल जनसंख्या घटिरहेको छ । तर ६५ वर्ष र माथिका व्यक्तिहरुको अनुपात कुल जनसंख्याको २९.३ प्रतिशत पुगेको जापानको आन्तरिक मामिला र सञ्चार मन्त्रालयको तथ्यांकले देखाएको छ । जुन कुनै पनि देशको सबैभन्दा ठूलो हिस्सा हो ।
मोरगन स्टानली सेक्युरिटिजका प्रमुख अर्थशास्त्री रोबर्ट फेल्डम्यानका अनुसार यसले जनसांख्यिकीय परिवर्तन र श्रम अभावप्रति थप चिन्ता उत्पन्न गराएको छ ।



