काठमाडौं : चालु आर्थिक वर्षको पहिलो २ महिना अर्थात साउन र भदौमा साढे १३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आव २०८१–८२ को भदौ मसान्तसम्ममा १६५ परियोजनामार्फत १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
साउन र भदौमा ‘अटोमेटिक रुट’, प्रत्यक्ष वैदेशिक लगानी, सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) सहित उक्त लगानी प्रतिवद्धता प्राप्त भएको विभागले जनाएको छ ।



