काठमाडौं । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव ८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।
यस्तै सोही बैंठकले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय समेत गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीले लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न आगामी कात्तिक ४ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले एकैपटक ४ ओटा आवको साधारण सभा आयोजना गर्ने भएको हो । उक्त सभाहरु काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।





