संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनामा एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने भएको छ । ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले २ सय ६८ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ ।
तल्लो अरुण जलविद्युत आयोजनाबाट २ सय ६८ परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने सतलज कम्पनीले जनाएको छ । कूल ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ । आयोजनाबाट संखुवासभाको चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका तथा भोजपुरको सालपासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।



