राजस्वमा सुधार: दुई महिनामा एक खर्ब ६४ अर्ब राजस्व संकलन


  • Himalayan Bank Limited (HBL)
राजस्वमा सुधार: दुई महिनामा एक खर्ब ६४ अर्ब राजस्व संकलन

सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि पोहोरको तुलनामा केही सुधार भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा एक खर्ब ६४ अर्ब ६ करोड रूपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। महालेखाका अनुसार पोहोरको तुलनामा राजस्व संकलन ९.७४ प्रतिशतले वृद्धि भएको हो।

राजस्वमा सुधार भए पनि लक्ष्य अनुसार संकलन हुन भने सकेको छैन। पोहोर भदौ मसान्तसम्म एक खर्ब ५४ अर्ब रूपैयाँ राजस्व संकलन भएकोमा अहिले सोही अवधिमा १० अर्ब रूपैयाँ बढेको छ।

Read More