बीचमै बिमा त्याग्ने किन बढे ?


  • Himalayan Bank Limited (HBL)
बीचमै बिमा त्याग्ने किन बढे ?

काठमाडौं  : मानव जीवनमा जति बेला जे पनि विपत्ति आइलाग्न सक्छ। विपत्ति परेको बेला आर्थिक रूपले सुरक्षा दिन्छ भनेर बिमा गरिन्छ। भविष्यमा हुनसक्ने जोखिम र चिन्ताका कारण मान्छेले ‘खाइनखाइ’ बिमा गर्छन्। तर, स्थिति यस्तो छ कि, बिमाको अवधि पूरा नगर्दै बीचमा छोडने (सरेन्डर) गर्नेको संख्या बढ्दै गएको छ।

सर्वसाधारणलाई बिमाको किस्ता तिर्नै धौ–धौ भएपछि सरेन्डर गर्नेको संख्या बढ्दै गएको जानकारहरू बताउँछन्। जबकी  सरकारले बिमाको दायरा बढाउने नीति लिएको छ। तर, बीचैमा छाड्ने अर्थात् समर्पण (सरेन्डर) गर्नेको संख्या बर्सेनि लाख माथि पुग्न थालेको छ। बिमा सरेन्डर बढ्दा साढे १४ अर्बभन्दा बढी रकम बिमा कम्पनीहरूले एकै वर्षमा गुमाउनुपर्ने स्थिति सिर्जना भएको छ। 

Read More