असोज २ गते बुधबार, भाद्र शुक्लपक्ष पूर्णिमा तिथि
मेष
आज योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ ।
वृष
गरेका कामबाट प्रशस्त लाभ हुनुका साथै व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ ।
मिथुन
रोजगारी तथा व्यापार व्यवसायको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ ।
कर्कट
राम्रोसंग सोचविचार गरेर मात्र नयाँ लगानी तथा काम गर्नुपर्ने समय छ।
सिंह
व्यापार व्यवसाय तथा जागिरका क्षेत्रमा मेहनत गर्दा उचित राम्रो परिणाम प्राप्त हुन सक्छ ।
कन्या
व्यापार व्यवसायको क्षेत्र राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ ।
तुला
व्यापारमा वृद्धि हुने र आर्थिक क्षेत्र सुध्रिन सक्छ।
वृश्चिक
प्रशासनिक झमेला हट्ने र काममा राम्रो हुन सक्छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन ।
धनु
नसोचेको क्षेत्रमा खर्च हुनाले आर्थिक समस्या हुन सक्छ।
मकर
व्यवसाय वा कामबाट आम्दानीमा वृद्धि हुन सक्छ।
कुम्भ
स्थिर सम्पति जोड्न सक्ने र सुनचादी आदि खरिद गर्न सक्ने समय रहेको छ।
मीन
नयाँ काम गर्ने जोश जागर आउनाले नँया कामको सुरुवात हुन सक्छ।



