अमेरिकाले बंगालदेशको अन्तरिम सरकारलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने भएको छ । राजधानी ढाका भ्रमणको क्रममा अमेरिकी प्रतिनिधि मण्डलले आइतबार यस्तो आश्वासन दिएका हुन् ।
उक्त प्रतिनिधिमण्डलले बंगलादेशको समावेशी आर्थिक वृद्धि, संस्थागत निर्माण र विकासमा सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताएको छ । साथै उसले थप २०२ मिलियन डलर सहायता उपलब्ध गराउने बताएको भन्दै समाचार एजेन्सी रोयटर्स ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।


