बेलायत सरकारले ऋण नदिएपछि टाइटानिक जहाज निर्माता कम्पनीद्धारा आफू टाट पल्टिएको घोषणा


  • Himalayan Bank Limited (HBL)
बेलायत सरकारले ऋण नदिएपछि टाइटानिक जहाज निर्माता कम्पनीद्धारा आफू टाट पल्टिएको घोषणा

विश्वकै सबैभन्दा प्रतिष्ठित पानी जहाज निर्माता कम्पनी मध्येको एक हल्र्याण्ड एण्ड उल्फ टाट पल्टिएको छ ।

सन् १८६१ मा स्थापना भएको बेलायतको उक्त कम्पनी टाइटानिक जहाज बनाएपछि विश्व विख्यात भएको थियो । सन् १९१२ मा समुद्रको यात्राको क्रममा हिउँसँग ठोक्किएर डुबेको टाइटानिकको बारेमा बनेको चलचित्र विश्व चलचित्र उद्योगको लागि लागि एउटा ‘माइलस्टोन’ मानिन्छ ।

विगत केही वर्षहरुदेखि निरन्तर घाटामा रहेको उक्त कम्पनीले बेलायत सरकारसँग सहुलियत दरमा भुक्तानी गर्ने गरि २६.४ करोड डलर ऋण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । तर, सरकारले उस्को अनुरोधलाई अस्विकार गरेपछि कम्पनीले सोमबार आफूलाई टाट पल्टिएको घोषणा गरेको हो ।

Read More