२ महिनामा साढे ७ प्रतिशत बजेट खर्च, राजश्व संकलन र विकास खर्चमा सामान्य सुधार


  • Himalayan Bank Limited (HBL)
२ महिनामा साढे ७ प्रतिशत बजेट खर्च, राजश्व संकलन र विकास खर्चमा सामान्य सुधार

काठमाडौं : चालु आर्थिक वर्ष ०८१-८२ को सुरुवाती २ महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा सरकारले १ खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ । गत वर्षको तुलनामा सामान्य सुधार भएपनि सरकारको बजेट खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको छ ।

सरकारले चालु आवका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा भदौ मसान्तसम्म ७.२८ प्रतिशत अर्थात ८२ अर्ब ९८ करोड ६५ लाख बराबर रहेको छ । गत वर्षको यसै अवधिमा यो शिर्षकमा ३.९९ प्रतिशत बजेट खर्च भएको थियो । 

Read More