दसैंअघि दुग्ध किसानले भुक्तानी पाउनेमा अन्योल


  • Himalayan Bank Limited (HBL)
दसैंअघि दुग्ध किसानले भुक्तानी पाउनेमा अन्योल

काठमाडौँ — किसानले दसैंअघि दुग्धपदार्थको बक्यौता भुक्तानी पाउनेमा अन्योल देखिएको छ । किसानको बक्यौता भुक्तानी गर्न भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित ६० करोड ऋण दिने निर्णय गरेको थियो । तर ऋणका लागि कागजी प्रक्रिया मिलाउँदा अझै ढिलो हुने देखिएको छ । 

‘मन्त्रिपरिषद्ले ऋण दिने निर्णय गरेपछि तत्काल रकम उपलब्ध हुन्छ भन्ने थियो । किसान पनि छिट्टै ऋण निकासा हुने विश्वासमा थिए,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘तर दुई साता भयो, अहिलेसम्म फाइल एउटा निकायबाट अर्कोमा पठाउनेबाहेक केही भएन । दसैं आइसक्यो, किसानले बक्यौता भुक्तानी पाउनेमा दुविधा छ ।’

Read More