नेपाल वायुसेवा निगमलाई दिएको २७ अर्ब बढी ऋण उठाउन कोषलाई अर्थमन्त्री पौडेलको निर्देशन


  • Himalayan Bank Limited (HBL)
नेपाल वायुसेवा निगमलाई दिएको २७ अर्ब बढी ऋण उठाउन कोषलाई अर्थमन्त्री पौडेलको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरे । उनले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिए । उनले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याए। उनले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए ।

Read More