सिटी एक्सप्रेसको १८औं वार्षिकोत्सवमा १८ गुणा उपहार : दशैं–तिहारको विशेष योजना


  • Himalayan Bank Limited (HBL)
सिटी एक्सप्रेसको १८औं वार्षिकोत्सवमा १८ गुणा उपहार : दशैं–तिहारको विशेष योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै एक विशेष उपहार योजना घोषणा गरेको छ। कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा” नामक योजना ल्याएको हो, जसअन्तर्गत ग्राहकले लगातार ९० दिनसम्म विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

यस योजनामा प्रत्येक महिना दुई जनालाई सामसुङको स्मार्टफोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टिभी, र हरेक दिन १८ जनालाई जनही ५०० रुपैयाँको वालेट टप-अप प्रदान गरिनेछ। साथै, बम्पर उपहारको रूपमा एक जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम जित्ने अवसर पनि रहेको छ।

उपहार योजना १ असोजदेखि ३० मंसिरसम्म लागू हुनेछ र यस अवधिमा सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सबै ग्राहकहरु यस योजनामा सहभागी हुनेछन्। विजेताहरुको छनोट विद्युतीय प्रणालीद्वारा गरिनेछ भने, सिटी एक्सप्रेसका कर्मचारीहरु यस योजनामा सहभागी हुन पाउने छैनन्।