आर्थिक दृष्टिकोणले तपाईंको असोज महिना कस्तो रहनेछ ?


  • Himalayan Bank Limited (HBL)
आर्थिक दृष्टिकोणले तपाईंको असोज महिना कस्तो रहनेछ ?

मेष 
मेष राशिको लागि असोज महिना फाइदाजनक रहन सक्छ। यो समयमा अचल सम्पत्तिको खरिद गर्न सक्ने सम्भावना देखिन्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ ।

वृष 
कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ ।स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ।

मिथुन 
आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा जागिरको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ। सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा वृद्धि हुनेछ ।

कर्कट 
कर्कट राशिले यो महिनामा कामबाट आफ्नो प्रतिष्ठा बढाउन सकिनेछ। सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ। कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ। बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

सिंह 
सुर्यको गोचर दोश्रो भावमा हुने भएकाले कार्यक्षेत्रमा सफलता प्राप्त हुन सक्छ भने सामाजिक क्षेत्रमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ सचेत रहनु उत्तम हुनेछ।

कन्या 
यो महिना सुर्यको गोचर लग्नमा हुने भएकाले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सकिन्छ । पदोन्नति वा स्तरवृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ ।  लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ।

तुला 
यो महिना सुर्यको गोचर बाह्रौं रहने भएकाले  विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ । 

वृश्चिक    
यो महिना सुर्यको गोचर एघारौँ भावमा हुने भएकाले समय राम्रो रहन सक्छ । यो समयमा आम्दानी बढ्न सक्छ । नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । यस समयमा गरिएका कारोबारहरू सफल हुनेछन् । पारिवारिक जीवन पनि राम्रो रहन सक्छ र परिवारको साथसहयोग मिल्न सक्छ। आय आर्जनका मार्गमा सुधार आउने छ।

धनु 
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट दशम भावमा हुनेछ । यो समय तपाईंको लागि राम्रो रहन सक्छ। व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन्। यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ।

मकर
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । दैनिक खर्चमा वृद्धि हुन सक्छ।

कुम्भ 
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुने भएकाले काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ।

मीन 
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट सप्तम भावमा हुने भएकाले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्ने भएकाले सचेत रहनुपर्छ।