सहकारी छानबिन समितिका सबै सदस्यले गरे प्रतिवेदनमा हस्ताक्षर


  • Himalayan Bank Limited (HBL)
सहकारी छानबिन समितिका सबै सदस्यले गरे प्रतिवेदनमा हस्ताक्षर

सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन्।

समितिका सभापति सूर्य थापासहित सबै सदस्यको हस्ताक्षरसहितको प्रतिवेदन प्रतिनिधि सभामा  सोमबार नै पेस गर्ने तयारी गरेका छन्।

सभापति थापाका अनुसार समितिले तीन महिनामा ६६ वटा बैठक गरेको छ।

सहकारीका बचत फिर्ता नपाएका पक्ष, सहकारी रकम अपचलनमा संलग्नको आरोपितहरू, सरोकारवालाहरू, सहकारी विभागलगायत विज्ञहरूसँग पनि समितिले छलफल गरेको थियो।

समितिले दुई सय पृष्ठभन्दा  लामो प्रतिवेदन तयार पारेर सर्वसम्मतिले प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको हो।

Read More