काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट जलविद्युत् आयात गर्ने पहललाई स्वीकृति दिएको जनाइएको छ । अपदस्थ शेख हसिना नेतृत्वको सरकारको समयमा शुरु गरेको यो परियोजना अन्तरिम सरकारले अपनत्व लिन्छ वा लिँदैन भन्ने चासो रहँदै आएको थियो।
उक्त परियोजना स्वीकृत भएपनि भारत सरकारले विद्युत् आयातमा लगाएको प्रसारण लाइन शुल्कप्रति बङ्गलादेशी अन्तरिम सरकार भने झस्किएको छ ।
बङ्गलादेशको अर्थ महाशाखाले भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)ले पाउने ट्रेडिङ मार्जिन मुलुकमाथि आपत्ति जनाएपछि त्रिपक्षीय सम्झौता भने अनिश्चित बन्दै गएको छ ।



