काठमाडौँ । सांसदहरूले नेटवर्थ ९० प्रतिशतभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउन नहुने बताएका छन् । आइतबार भएको अर्थ समितिको बैठकमा सहभागी अधिकांश सांसदहरूले धितोपत्रसम्बन्धी प्रचलित ऐन, नियममा कम्पनीको नेटवर्थको सीमा नभएकाले नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनमा सीमा राख्न नहुने बताएका हुन् ।
कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरूको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर सङ्ख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ ।





