बैंक खाता रोक्काको चरम दुरुपयोग रोक्न नेपाल राष्ट्र बैंकले कानूनी व्यवस्था गरेको छ। राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ ल्याएर यस्तो दुरुपयोगलाई रोक्ने प्रयास गरेको हो।
बैंक खाता रोक्का र फुकुवा सम्बन्धमा धेरै समस्याहरु आएपछि केन्द्रीय बैंकले गत भदौ ३० गते यस सम्बन्धमा विनियामावली ल्याएर यसबारे थप स्पष्ट व्यवस्था गरेको छ ।
नयाँ कानूनी व्यवस्थाअनुसार कर्मचारी संस्था वा कम्पनीसँग रिसाएकै कारण वा साझेदारसँग मनमुटाव भएकै कारण बैंक खाता रोक्का गरिदिने अवस्था बन्द भएको छ। अब बैंक खाता रोक्का गर्नका लागि व्यक्ति अधिकारप्राप्त हुनुपर्नेछ भने उसले स्पष्ट कारण पनि खुलाउनु पर्नेछ।


