काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य केही घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यनुसार नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागू हुनेगरी केही घटाएर मूल्य समायोजन गरेको हो ।
निगम सञ्चालक सिमितिले स्वचालित मूल्य समायोजन प्रणालीबमोजिम समायोजन गरेको नयाँ मूल्यनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्य घटेको छ ।



