अमेरिकाले दिएकाे भन्सार छुटकाे लाभ लिन नसकेपछि नेपालले अघि बढायाे टिफा सम्झौता पुनरावलोकन प्रस्ताव


  • Himalayan Bank Limited (HBL)
अमेरिकाले दिएकाे भन्सार छुटकाे लाभ लिन नसकेपछि नेपालले अघि बढायाे टिफा सम्झौता पुनरावलोकन प्रस्ताव

नेपाल र अमेरिका बीच सन् २०११ मा भएको ट्रेड एण्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) सम्झौता पुनरावलोकन हुने भएको छ ।

टिफा अन्तर्गत नेपाललाई उपलब्ध गराएको भन्साररहित लगायत सुविधाको समय सकिन एक वर्ष (सन् २०२५ को डिसेम्बरसम्म) भए पनि दुवै पक्षले त्यो पुनरावलोकन गर्नको लागि एक अर्काेसँग प्रस्ताव गर्ने तयारी छन् । हाल अमेरिकाले नेपालबाट निर्यात हुने विभिन्न ७७ वटा वस्तुहरूमा भन्साररहित तथा न्यून भन्सारदरको सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारले त्यसलाई बढाएर एक सयभन्दा बढी वस्तुमा भन्सार छुटको सुविधा उपलब्ध गराउन अमेरिकासँग माग गर्ने तयारी गरेको छ ।

सोमबार काठमाडाैंमा हुने दुई देशका वाणिज्य सचिव स्तरिय टिफा काउन्सिलको ७ औं बैठकको पूर्व सन्ध्यामा वाणिज्य मन्त्रालयले अमेरिकासँग भन्सार छुट माग्नु पर्ने वस्तुहरुको तथ्यगत विवरण निजी क्षेत्रका विभिन्न संघ संस्थासँग माग गरेको थियो । त्यो अनुसार थप २७ वटा वस्तुहरूको पहिचान गरिएको बताइएको छ । ती मध्ये अधिकाँश जडीबुटीजन्य र घरेलु उत्पादनहरु रहेको जानकारी दिए पनि ती वस्तुहरु के के हुन् भन्ने बारेमा स्रोतले जानकारी दिन मानेन । यदि अमेरिकाले नेपालको प्रस्ताव अनुसार ती सबै वस्तुमा भन्सार छुट दिए नेपालका १०४ वटा उत्पादनले अमेरिकामा सून्य भन्सारदरमा प्रवेश पाउनेछन् ।

यद्धपी अहिलेकै बैठकबाट त्यसबारेमा निर्णय हुने सम्भावना भने नरहेको वाणिज्य मन्त्रालयको एक उच्च स्रोतले मेरो लगानीलाई जानकारी दियो । हाल अमेरिकाले नेपाली उत्पादनलाई सून्य भन्सारको सुविधा दिएका बस्तुहरुमा छुर्पी, ऊनीका सामान, तयारी पोसाक, नेपाली हाते कागज ग्लासवेयर, पस्मिना सल, सारयुक्त तेल, सङ्गीतका सामान आदि रहेका छन् ।

सुन्य भन्सार सुविधा नपाएका वस्तुहरुमाथि अमेरिकाले १४ देखि ३४ प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ । त्यति धेरै भन्सार लाग्ने भएकोले अमेरिकी क्रेताहरू नेपाली सामान किन्न आकर्षित नभएकोले भन्सार छुटको लागि अनुरोध गर्न लागिएको सरकारी स्रोतको भनाइ छ ।

Read More