सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले बोनसमा लाग्ने कर बापतको रकम तिर्नु नपर्ने


  • Himalayan Bank Limited (HBL)
सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले बोनसमा लाग्ने कर बापतको रकम तिर्नु नपर्ने

काठमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले बोनस सेयरमा लाग्ने कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै बोनस सेयरमा लाग्ने कर बापतको रकम कम्पनी आफैंले तिर्ने जानकारी दिएको हो । 

कम्पनीले आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टी पछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुरुप अघिल्लो साधारण सभामा बोनस सेयर बापत करको लागि छुट्याइएको रकम नै आगामी साधारण सभामा स्वीकृत हुने बोनस सेयरको कर तिर्न समेत पर्याप्त हुने हुँदा कर बापतको रकम सेयरधनीले नभई कम्पनी आफैंले तिर्ने स्पष्ट पारेको हो ।

Read More