काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बंगलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बंगलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले २ देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन यस भेटले सहयोग पुगेको बताए ।


