निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक ३० औं वर्षमा प्रवेश गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन शुरु गरेको कम्पनीको यात्राले २९ औं वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको बताएको छ ।
हाल कम्पनीको इन्टरनेट सेवा ७४ जिल्लामा विस्तार भएको छ । चाँडै ७७ ओटै जिल्लामा आफ्नो सेवा पुर्याउने लक्ष्य रहेको कम्पनीले बताएको छ ।
कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी गरेको छ । यसका साथै कम्पनीले हालसम्म ९ लाख ३० हजार घरधुरीमा इन्टरनेट जडानको आकडा पार गरेको छ ।


