१२ मन्त्रालयको पुँजीगत खर्च राष्ट्रिय औसतभन्दा कम


  • Himalayan Bank Limited (HBL)
१२ मन्त्रालयको पुँजीगत खर्च राष्ट्रिय औसतभन्दा कम

काठमाडौँ । कुल २२ मन्त्रालयमध्ये राष्ट्रिय औसत पुँजीगत खर्चभन्दा माथि खर्च गर्ने मन्त्रालय १० वटा छन् । सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आर्थिक वर्ष २०८०/०८१)  अनुसार १२ वटा मन्त्रालयको पुँजीगत खर्च प्रगति भने राष्ट्रिय औसतभन्दा कम देखिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारको पुँजीगत खर्चको प्रगति ६३.४७ प्रतिशत भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पुँजीगत खर्च ६१.४४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा केही सुधार भएर ६३.४७ प्रतिशत पुगेको छ ।

Read More