भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ।
भारतीय गृह मन्त्री अमित शाहले केन्द्र सरकारले किसानलाई उनको उत्पादनको उचित मूल्य दिलाउनका लागि निर्यातलाई बढाउने निर्णय गरेको बताए।
उनले आफ्नो सामाजिक सञ्जाल एक्समा किसान हितलाई ध्यानमा राखी ३ महत्त्वपूर्ण निर्णय गरिएको बताए।
जसमा सरकारले प्याजमाथि न्यूनतम निर्यात मूल्य हटाउने र निर्यात शुल्कलाई ४० प्रतिशतबाट २० प्रतिशत कायम गर्ने निर्णय गरिएको छ। यसले प्याजको निर्यात बढ्ने र प्याज उत्पादक किसानको आम्दानी पनि वृद्धि हुने सरकारले बताएको छ।


