काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।
सिंहदरबारमा शनिबार साँझ बसेको सहकारी छानबिन समिति बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै पीडितहरूलाई न्याय दिनका लागि समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताए।
उनले सहकारीको मर्मअनुसारका नियमसंगत चलाएमा सहकारीहरू नडुब्ने र यसले कसैलाई नडुबाउने बताए। ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए।



