शून्य भन्सार शुल्कले नेपालबाट निकासी बढ्ने, गैरभन्सार अवरोध हटाइनुपर्ने : उद्योगी


  • Himalayan Bank Limited (HBL)
शून्य भन्सार शुल्कले नेपालबाट निकासी बढ्ने, गैरभन्सार अवरोध हटाइनुपर्ने  : उद्योगी

वीरगञ्ज । भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेल आयातमा भन्सार शुल्क बढाएपछि नेपालबाट प्रशोधित खानेतेल भारत निर्यात सहज हुने देखिएको उद्यमीहरूले बताएका छन् । भारतले शुक्रवारदेखि लागू हुने गरी ती तेलको आयातमा सीमा शुल्क बढाएको हो । तर, नेपालबाट जाने प्रशोधित तेलमा भन्सार नलाग्ने हुँदा यहाँको निर्यात बढ्ने उद्यमीहरूको अपेक्षा छ । 

भारतले अर्धप्रशोधित पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा सीमा शुल्क शून्यबाट एकैचोटि २० प्रतिशत पुर्‍याएको छ । त्यसमा कृषि पूर्वाधार विकास शुल्क पनि लाग्ने भएकाले अब यस्तो तेल आयातमा भारतले २७ दशमलव ५ प्रतिशत कर उठाउनेछ । प्रशोधित तेलमा लाग्ने कर भने १२ दशमलव ५ प्रतिशतबाट बढेर ३२ दशमलव ५ प्रतिशत पुगेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

Read More