चालु आर्थिक वर्षमा बैंकहरुले स्थायी निक्षेप सुविधा उपयोग गरेर राष्ट्र बैंकमा राखे ६२ खर्ब रुपैयाँ


  • Himalayan Bank Limited (HBL)
चालु आर्थिक वर्षमा बैंकहरुले स्थायी निक्षेप सुविधा उपयोग गरेर राष्ट्र बैंकमा राखे ६२ खर्ब रुपैयाँ

चाल आर्थिक वर्षमा बैंकहरुले स्थायी निक्षेप सुविधा उपयोग गरी ६२ खर्ब रुपैयाँभन्दा धेरै रकम राष्ट्र बैंकमा राखेका छन्। बैंकहरुले ७८५ पटकको कारोबारमा ६२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका हुन्।

यो तथ्याँक गत असार, साउन र भदौ महिनाको हो। यो दिन महिनामा बैंकहरुमा अधिक तरलता हुँदा बैंकहरुले ठुलो रकम राष्ट्र बैंकमा लगेर राखेका हुन्।

अहिले पनि बैंकहरुले १ खर्ब ६४ अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा प्रयोग गरी राष्ट्र बैंकमा राखेका छन्। जुन पैसामा बैंकहरुले ३ प्रतिशत ब्याज पाउने छन्। स्थायी निक्षेप सुविधा प्रयोग गरी बैंकहरुले ३ दिनको लागि राष्ट्र बैंकमा पैसा राख्न पाउछन्।

यसैगरी निक्षेप संकलन उपकरणमार्फत पनि बैंकहरुले १ खर्ब १९ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन्।

Read More