ट्याक्सी चालकहरु आन्दाेलनमा, ट्राफिक सवारी आवागमन प्रभावित


  • Himalayan Bank Limited (HBL)
ट्याक्सी चालकहरु आन्दाेलनमा, ट्राफिक सवारी आवागमन प्रभावित

मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई आन्दाेलनमा उतारेका छन् । ट्याक्सी चालकहरूकाे आन्दाेलनका कारण शुक्रबार भक्तपुर क्षेत्रको ट्राफिक सवारी आवागमन प्रभावित बनेको छ ।

शुक्रबार बिहान प्रसाईंले भक्तपुरस्थित निवासबाट ट्याक्सी र्‍याली निकालेका थिए। यतिबेला, भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गरेको छ ।

ट्राफिक अधिकारीका अनुसार केहि समयअघि भने उक्त प्रदर्शनका कारण जडिबुटी क्षेत्रमा सर्वसाधारणले ट्राफिक जाम खेप्नु परेकाे थियाे ।तर प्रहरीले भने केही समयमै बाटो खुलाएको छ ।

यद्धपी आन्दाेलनकाे कारण भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ । 

Read More