काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ। सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानबिन गरिरहेको संसदीय छानविन विशेष समितिको आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिएको सभापति सूर्य थापाले जानकारी दिए।
यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो । यस अगाडि तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।



