नेपालको ऊर्जामा ४६ खर्ब लगानी आवश्यक छ : इप्पान अध्यक्ष कार्की


  • Himalayan Bank Limited (HBL)
नेपालको ऊर्जामा ४६ खर्ब लगानी आवश्यक छ : इप्पान अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा ४६ खर्ब लगानी आवश्यक भएको बताएका छन् । काठमाडौँमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ‘ऊर्जा र जलस्रोत’ विषयको छलफलमा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने बताएका हुन् । 

नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको कार्कीको भनाइ छ । उनले यसअनुसार ऊर्जासँग जोडिने अन्य व्यापार व्यवसायका लागि पनि धेरै ठुलो अवसर आउने बताएका हुन् ।

Read More