काठमाडौं। सरकारले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
बिहीवारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी ज्ञवालीलाई ४ वर्षका लागि लगानी बोर्डको सीईओ नियुक्त गरेको एक मन्त्रीले आर्थिक अभियानलाई जानकारी दिए । ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगाना उक्त पदका लागि प्रारम्भिक छनोटमा परेका थिए ।



