काठमाडौं: हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई १०.५२६ प्रतिशतको लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले आफ्नो ५० रुपैयाँ अंकित मूल्यका सेयरलाई आधार मानेर बोनस सेयर वितरण गर्नेछ। यस घोषणासँगै, हाथवे इन्भेष्टमेन्टका सेयरधनीहरूले बोनस सेयर र नगद लाभांशको फाइदा पाउने भएका छन्।






