स्वास्थ्य बीमा बढाउने योजनामा स्वास्थ्यमन्त्री, स्रोत सुनिश्चित गर्न गाह्रो


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा बढाउने योजनामा स्वास्थ्यमन्त्री, स्रोत सुनिश्चित गर्न गाह्रो

काठमाडौं । स्वास्थ्य उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले ८ वर्ष अघि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । तर, बीमा सञ्चालन भने उद्देश्य अनुरुप अहिलेसम्म पनि हुन सकेको छैन । 

अहिले पुनः बीमाको उद्देश्य प्राप्तितर्फ स्वास्थ्य मन्त्रालयले चासो देखाएको  छ । तर, स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत प्रदान हुँदै आएको रकमलाई बढाएर पाँच लाख रुपैयाँ पु¥याउने योजनामा भने स्रोत साधनको सुनिश्चताको समस्या देखिएको छ । 

आधारभुत स्वास्थ्यमा सबै नागरिकको पहुँच होस र ठुला जोखिमयुक्त रोगको उपचारमा राज्यले जिम्मा लेओस भन्ने उद्देश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको   हो । 

आजभन्दा ८ वर्ष पहिलेदेखि सञ्चालित बीमा कार्यक्रम केही वर्षयतादेखि समस्याग्रस्त देखिन्छ । व्यवस्थापकीय पाटो कमजोर भएकाले पनि यसको प्रभावकारिता खस्कदो छ । 

Read More