लगानीकर्तालाई आकर्षित गर्न सार्वभौम ‘क्रेडिट रेटिङ’को काम अगाडि बढेको छ : अर्थमन्त्री पौडेल


  • Himalayan Bank Limited (HBL)
लगानीकर्तालाई आकर्षित गर्न सार्वभौम ‘क्रेडिट रेटिङ’को काम अगाडि बढेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। नेपाल पूर्वाधार सम्मेलन २०२४ लाई सम्बोधन गर्दै पौडेलले सार्वजनिक निजी साझेदारीका लागि अनुकुल वातावरण सिर्जना गरिरहेको बताएका हुन्।

‘पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा सरकार दृढ छ। यसका लागि हामीले सार्वजनिक निजी साझेदारीका लागि अनुकुल वातावरण सिर्जना गरेका छौं।’ पौडेलले भने,‘पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा बाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको वास्तविक अवस्था विम्वित हुने गरी मुलुकको सार्वभौम क्रेडिट रेटिङको काम अगाडि बढाइएको छ। यसको काम सम्पन्न भए पश्चात् लगानीकर्तालाई मुलुकमा लगानी गर्न थप निश्चितताको वातावरण बन्ने र लगानी आप्रवाह विस्तार भई पूर्वाधार लगानी बढाउन थप योगदान पुग्ने अपेक्षा समेत मैले गरेको छु।’ 

Read More