चरम आर्थिक मन्दीको बेला बढेको श्रीलंकाको सेयर बजार अहिले अर्थतन्त्र सुधार हुन थालेपछि झन् किन घट्यो ? https://nepalipaisa.com/news-detail/73391


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चरम आर्थिक मन्दीको बेला बढेको श्रीलंकाको सेयर बजार अहिले अर्थतन्त्र सुधार हुन थालेपछि झन् किन घट्यो ?  https://nepalipaisa.com/news-detail/73391

काठमाडौं : चरम आर्थिक संकट भोगिरहेको बेला बढेको श्रीलंकाको सेयर बजार अहिले आर्थिक अवस्थ सुधार हुँदै गएपछि  भने घट्न थालेको छ । कोलम्बो स्टक एक्सचेन्जेको मुख्य सूचक ‘एएसपीआइ स्टाटिस्टिक’ इन्डेक्स सन् २०२४ को मे महिना देखि लगातार जस्तो घटेको छ । १२ हजार ५०० पार गरेको इन्डेक्स अहिले १० हजार ६५० विन्दुमा झरेको छ । 

त्यसैगरी, ‘एसएन्डपी एस एल २० स्टाटिस्टिक’ पनि मे महिना देखि घटेको छ । सो समय ३ हजार ७०० माथि पुगेको सूचक अहिले २ हजार ९५० विन्दुमा झरेको छ । सन् २०२२ को जुलाईमा जब श्रीलंकाले आर्थिक मन्दीको मारमा थियो त्यसबेला ‘एएसपीआइ स्टाटिस्टिक’ ७ हजार विन्दुबाट बढेर १० हजारसम्म पुगेको थियो । त्यसपछि जब त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई देश निकाल गरियो बजार झनै बढ्न थाल्यो । 

Read More