२७ भदौ, जनकपुरधाम । मधेशको अर्थ मन्त्रालयले १६ शीर्षकमा बजेट खर्च गर्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेपछि अरु मन्त्रालयहरु रिसाएका छन् ।
४ साउनमा अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनसम्बन्धी ६४ बुँदे मार्गदर्शनको ४० नम्बर बुँदामा बहुवर्षीय खरिद प्रक्रिया पूरा गरी कार्यान्वयनमा रहेका आयोजनाबाहेक १६ शीर्षकमा बजेट खर्च गर्न सार्वजनिक खरिद ऐन र नियमावली अनुसार खरिद योजना तयार गरी अर्थ मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्ने भनिएको छ ।



