एनएमबि बैंकले ‘हामी देख्छौं अपार सम्भावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ। बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्य मान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको छ।
‘हामी देख्छौं अपार सम्भावना’को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसरहरू देख्न सक्ने प्रयासको सकारात्मक अर्थलाई बिम्वित गर्दछ।
यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ, यस मार्फत् बैंकले मुलुकको असीमित स्रोत साधनको उपयोग गर्नमा सहायता गर्नेछ, जसको माध्यमबाट सामान्य मानिसलाई सफल तुल्याउन सहयोग गर्न सक्नेछ । “यो अभियान ‘हामी देख्छौ अपार सम्भावना’ को मर्म भविष्यको लागि हाम्रो दूर दृष्टिमा केन्द्रित छ भने यसको व्यवसायिक मुल्य मान्यताको अन्तरङ्गबाट सृजित भएको छ । एनएमबिसँग प्राप्त अवसरहरुलाई सशक्त बनाउने र जे साधारण देखिन्छ त्यस भन्दा अगाडि देख्ने ऐतिहासिक सामथ्र्य रहदै आएको छ ।








