सबै सहकारी ठग होइनन्


  • Himalayan Bank Limited (HBL)
सबै सहकारी ठग होइनन्

सहकारी सबै ठग हुन् भन्ने भाष्य निर्माण भइरहेको अवस्था छ। सहरी क्षेत्र केन्द्रित तथा केही उच्चस्तरीय राजनीतिक पहुँच भएका बाहेक अन्य सहकारीहरूले आफ्नो उद्देश्यबमोजिम सदस्यहरूलाई सहयोग प्रदान गर्दै आइरहेका छन्। 

ग्रामीण क्षेत्रमा सञ्चालित धेरै सहकारीहरू गरिब र निमुखा जनताको सहारा बनिरहेका छन्। अहिले सबै सहकारी ठग हुन् भन्ने जुन भाष्य निर्माण गरिँदै छ त्यसले जनताको सहारा बनिरहेका सहकारीलाई समेत अप्ठेरो पर्ने हो कि भन्ने चिन्ता भइरहेको छ। सहकारीहरू केवल नगद जम्मा गर्ने र ऋण दिनेमात्र नभई जनतालाई उनीहरूको अधिकारको बारेमा सचेत बनाउने तथा उनीहरूलाई विभिन्न आयआर्जनका क्षेत्रहरूमा सहभागी गराउन सहयोग गरिरहेका छन्। विगतमा प्रतिमहिना प्रतिव्यक्ति ५० रुपैयाँ जम्मा गर्ने सहकारीका सदस्यहरू अहिले आम्दानीमा भएको वृद्धि तथा यसको महŒवको बारेमा जानकार भएर हाल प्रतिमहिना एक हजार रुपैयाँ जम्मा गर्ने गरिरहेका छन्। पश्चिम नेपालको एक सहकारी कि सदस्यले यो लेखकसँग कुराकानीको क्रममा सहकारी गठन भएपछिको सबैभन्दा ठूलो कुरा आपतवपद गरेको समयमा अत्यावश्यक रकमको लागि महँगो ब्याजदरका साहुकोमा गएर पैसा सापटी लिनु नपरेकोमा खुसी व्यक्त गरिन्। र, सहकारीबाट सहयोग पाउँदा गौरवबोध भएको बताइन्।

Read More