२७ भदौ, काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समित बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
सो लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गतेका लागि साधारणसभा बोलाएको छ । असोज ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । साधारणसभामा लाभांशका साथै थप सेयर निष्कासन (एफपीओ) प्रस्ताव पनि लगिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ ।





