काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपी)को तुलनामा राजस्व अनुपात २३ दशमलव ५ प्रतिशत महत्वाकांक्षी लक्ष्यका साथ सरकारले आन्तरिक राजस्व परिचालन नीति बनाएको छ ।
डिजिटल भुक्तानी, बजार अनुगमन र निगरानी प्रवर्धन गरिने
आर्थिक वर्ष २०८५–८६ सम्ममा कुल राजस्व २३ दशमलव ५ प्रतिशत पु¥याउँदा कुल कर राजस्व जीडीपीको २० दशमलव ९ प्रतिशत र गैरकर राजस्व २ दशमलव ६ प्रतिशत पु¥याउने लक्ष्य अर्थ मन्त्रालयले लिएको हो ।
आर्थिक वर्ष २०७९–८० मा कुल जीडीपीको राजस्व अनुपात १८ दशमलव ९ प्रतिशत मात्र रहेको थियो । चालू आवमा भने कुल जीडीपी राजस्व अनुपात २२ दशमलव ३ प्रतिशत रहेको छ ।



