२६ भदौ, काठमाडौं । सेयर बजारमा कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा औसत ३५ प्रतिशत हुने गरेको छ ।
त्यसैले यी टप १० ब्रोकर कम्पनीमार्फत हुने खरिद तथा बिक्रीलाई लगानीकर्ताले विशेष महत्वका साथ हेर्ने गरेका छन् । पछिल्लो एक सातालाई हेर्दा यी टप १० ब्रोकर कम्पनीमार्फत २६.४७ अर्ब रुपैयाँको सेयर खरिद हुँदा २७.१९ अर्बको बिक्री भएको छ ।





