काठमाडौं । धितोपत्र कारोबारमा लगाइएको लक इनको अवधि पुरा गरी असोज महीनामा कुल ३ करोड ३८ लाख २६ हजार कित्ता शेयर कारोबार योग्य हुने भएको छ । तीन कम्पनी सर्वोत्तम सिमेन्ट, साहस उर्जा लिमिटेड र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको उक्त बरावर कित्ता शेयरको लकइन अवधि असोज महीनाभित्र सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्ड सेबोनले सूचीकृत कम्पनीको शेयरको लक इन अवधिक सकिनु १ महिना अगाडि सूचना जारी गरी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीले लकइन अवधि सकिने दिन सार्वजनिक गरेका हुन । यी कम्पनीले योग्य संस्थापक लगानीकर्ता, संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र आफ्ना कर्मचारीका लागि जारी गरेको शेयरको लकइन अवधि सकिने भएको हो । यी तीन कम्पनीको आगामी असोज २१ गते भित्रे लक इन अवधि सकिदै छ ।





